ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलले एकीकृत कारोबार शुरू गर्दै

ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलले एकीकृत कारोबार शुरू गर्दै


काठमाडौं ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

यी दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृतिप्राप्त भएसँगै दुवै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले एकीकृत कारोबारका लागि मिति तय गरेका हुन् ।

बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी २ कम्पनी १ हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं १ भएसँगै दुवै बैंकका सहायक कम्पनीसमेत २ हुन लागेका हुन् ।