४ जना बालकले ज्यान गुमाएपछि विमानस्थलमा स्थानीयको धर्ना

४ जना बालकले ज्यान गुमाएपछि विमानस्थलमा स्थानीयको धर्ना


हुम्ला ।

सिमकोट विमानस्थलमा स्थानीयले धर्ना दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई उडानमा गरेको कडाइको नयाँ नियम फिर्ता लिनुपर्ने माग गर्दै उनीहरू धर्नामा उत्रिएका हुन् ।

यसअघि क्यानले हिमाली तथा दुर्गम पहाडी क्षेत्रका विमानस्थलमा दिउँसो १२ बजेपछिको उडानमा रोक लगाएको थियो ।

मनसुनको समयमा हवाई यात्रामा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो प्रतिबन्ध लगाएको क्यानले जनाएको छ ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको यातायातको एक मात्रै साधन हवाई जहाज हो । ​प्राधिकरणले उडानमा रोक लागएपछि हुम्लाका बासिन्दा मर्कामा परेका छन् ।

हुम्लामा १ महिनामा उपचार नपाएर ४ जना बालकले ज्यान गुमाएका छन् । जिल्लामा उपचार हुन नसकेपछि अन्यत्र लैजान जहाज कुर्दा कुर्दै उनीहरुले ज्यान गुमाएका हुन् ।