धनगढी उपमहानगरले गर्यो ९ वटा विद्यालयलाई समायोजन

धनगढी उपमहानगरले गर्यो ९ वटा विद्यालयलाई समायोजन


धनगढी ।

धनगढी उपमहानगरपालिकाले ९ वटा विद्यालय समायोजन गरेको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि कार्यपालिका र नगरसभाको निणर्यअनुसार भौतिक पूर्वाधार र शिक्षक अभाव तथा न्यून विद्यार्थी भएका विद्यालयहरूलाई विद्यालय समायोजन तथा दरबन्दी मिलान नियमावली– २०८० बमोजिम समायोजन गरिएको हो ।

उपमहानगरले यो वर्ष १४ वटा विद्यालय समायोजन गर्ने निणर्य गरेको छ ।

उपमहानगरले जोकैया आधारभूत विद्यालयको कक्षा १–३ बेला आधारभूत विद्यालय धनगढी–११ मा समायोजन गरेको छ भने नेपाल भूपू सैनिक आधारभूत विद्यालय धनगढी–१८ को कक्षा २–३ खप्तडी आधारभूत विद्यालय धनगढी–१८ मा समायोजन गरेको छ ।

यस्तै, कालिका आधारभूत विद्यालय धनगढी–१७ को कक्षा ४–५ न्यू कालिका आधारभूत विद्यालय धनगढी–१७ मा, भैरव बाबा आधारभूत विद्यालय धनगढी–६ को कक्षा ६–८ वासुदेवी मा.वि. धनगढी–६ मा, सरस्वती आधारभूत विद्यालय धनगढी–९ को ६–८ धनगढी नमुना प्राविधिक मा.वि. धनगढी–८ मा समायोजन गरिएको छ ।

यस्तै, नवदुर्गा आधारभूत विद्यालय धनगढी–१२ को कक्षा ६–८ दुर्गा आधारभूत विद्यालय धनगढी–१२ मा, जनजागृति आधारभूत विद्यालय धनगढी–१५ को कक्षा ६–८ राष्ट्रिय मा.वि. धनगढी–१५ मा, जनता राष्ट्रिय मा.वि. धनगढी–१३ को कक्षा ९–१० जनता राष्ट्रिय मा.वि. धनगढी–१३ कैलालीगाउँमा र दीपेन्द्र चारपाते मा.वि. धनगढी–१६ को कक्षा ९–१० बेहडा बाबा मा.वि. धनगढी–१६ मा समायोजन गरिएको उपमहानगरले जनाएको छ ।