गरिमा बैंकको ११.९९ प्रतिशत फिक्सड ब्याजदरमा सरल घर कर्जा, कति दिनमा हुन्छ स्वीकृत ?

गरिमा बैंकको ११.९९ प्रतिशत फिक्सड ब्याजदरमा सरल घर कर्जा, कति दिनमा हुन्छ स्वीकृत ?


काठमाडौं ।

गरिमा विकास बैंकले ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित (fixed) ११.९९ प्रतिशत रहने छ ।

बैंकले ११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकलाई पायक पर्ने साखामा सम्पर्क राख्न सुचित गरेको छ ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिंग मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक र गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।