मुगु जिप दुर्घटनाका मृतकहरुको पोष्टमार्टम भएन , ४ दिनदेखि अस्पतालमै सड्दै शवहरु

मुगु जिप दुर्घटनाका मृतकहरुको पोष्टमार्टम भएन , ४ दिनदेखि अस्पतालमै सड्दै शवहरु


मुगु ।

मुगुमा सोरुगाँउपालिका ७ सिपमा भएको जिप दुर्घटनाका ज्यान गुमाएकाहरुको ४ दिन वित्दासमेत पोष्टमाटम हुन सकेको छैन ।

मृतकहरुको पोष्टमार्टमका लागि चिकित्सकहरुको टोली मंगलबार नै शव राखिएको सोरुजिमा स्वास्थ्य चौकी तारापानीमा पुगे पनि मृतकका आफन्तहरुले लास नबुझिदिदाँ पोष्टमार्टन हुन नसकेको हो ।

आफन्तहरुले मृतकका शव पु¥याई दिन पहल गर्नुपर्ने, परिवारहरुको भरण पोषणका लागि आर्थिक सहयोग गर्नु पर्ने, क्षतिपूर्ति पाउनु पर्नेलगायतका शर्त राखेर शव बुझ्न अस्वीकार गरेका छन् ।

तर मृतकका परिवारसँग छलफल भई रहेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताएका छन् ।

४ दिनदेखि शव परिक्षण नहुदाँ गल्दै, सड्दै गएको र यसले स्वास्थ्य संस्थाको सेवा समेत अवरुद्ध भएको जिमा स्वास्थ्य चौकीका प्रमुख कर्ण बहादुर सावतले बताएका छन् ।

उनले पिडितको माग सम्वोधन गरी यथाशिघ्र लास उठाउन पहल गरिदिन पनि आग्रह गरेका छन् ।

सरकार तथा अन्य निकायले घाईतेको उपचार र उद्धारमा मात्र ध्यान दिएका छन तर गहिरो सोकमा परेका मृतकका परिवार र लासबारे कसैले ध्यान नदिएको मृतकका आफन्तहरुको गुनासो रहेको छ ।

सरकारले लासलाई घरसम्म पु¥याईदिए गाँउघरमा दाहसस्कार गर्न सहज हुने मृतकका आफन्तहरुको ठूलो माग रहेको छ ।

सोमबार बेलुका ४ बजे सोरु गाँउपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढी तर्फ आउदै गरेको ग १ ज ७७६२ नम्बरको बोलेरो जिप सोरु गाँउपालिका ७ चिप्लेगाडामा दुर्घटना हुदा जिपमा सवार ५ जनाको मृत्यु भएको थियो भने ४ जना घाईते भएका थिए ।

घाईते चारै जनालाई मंगलबार दिउसो थप उपचार र चिकित्सकिय सल्लाहका लागी नेपाली सेनाको हेलिकप्टरबाट नेपालगंज लगिएको थियो ।घटना स्थल मै मृत्यु भएका हुम्ला जिल्ला सर्केगाड २ रिपगाँउ राम परियार ,प्रकाश बोहोरा,सोहि ठेगाना अर्का राम परियार र हुम्ला कै पिउस परियार लासलाई घटना स्थल नजिकै रहेको जिमा स्वास्थ्य चौकीमा राखिएको थियो भने उपचारका लागी जिल्ला अस्पताल मुगु ल्याउदै गर्दा बाटोमा मृत्यु भएका मुगु सोरु ५ का वडा सदस्य लोकजंग नेपालीको लास जिल्ला अस्पतालमा राखिएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले साउन ३० गते नेपाल सरकार गृह मन्त्रालयलाई पत्र लेख्दै घाईतेलाई नेपालगंजसम्म र मृतकका लासलाई हुम्ला सर्केगाढसम्म हेलिकप्टर मार्फत पु¥याईदिन र सो को खर्च मन्त्रालयले नै व्यहोर्ने बताएपनि नेपाली सेनाको हेलिकप्टरले घाईतेको मात्र उद्धार गर्दा लासहरु ४ दिन देखि स्वास्थ्य चौकीमा सडदै गएका हुन् ।