तनावग्रस्त कोशी अस्पताल : दुवै पक्षबीच सहमति

तनावग्रस्त कोशी अस्पताल : दुवै पक्षबीच सहमति


विराटनगर ।

सुत्केरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कोशी  अस्पताल प्रशासन र मृतकको आफन्तबीच सहमति गर्ने समझदारीपश्चात शान्त बनेको छ ।

बिहीबार राति अस्पताल तनावग्रस्त बनेपछि शुक्रबार दुवै पक्षबीच सहमति गर्नेगरी वातावरण शान्त बनाइएको छ ।

विराटनगरस्थित कोशी अस्पतालमा ८ दिनकी सुत्केरीको मृत्यु भएपछि बिहीबार रातभर मृतकका आफन्तले अस्पताल परिसर परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको थियो । गत २४ साउनमा रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी कामतको श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा कोशी अस्पतालमा ल्याइएको थियो ।