एभरेष्ट बैंकले आजदेखि न्युन ब्याजदरमा कर्जा र सेवा शुल्कमा छुट दिने

एभरेष्ट बैंकले आजदेखि न्युन ब्याजदरमा कर्जा र सेवा शुल्कमा छुट दिने


काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वहरु तिज, दसैँ, तिहार र छठको शुभ अवसरमा बैंकले नेपाली नागरिकका लागि ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’को सुरुवात गरेको छ।

भदौ १ गतेदेखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ।

बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ ५ को स्थिर व्याजदरबाट सुरू हुनुका साथै घर निर्माणका लागि १०० ५ सम्म बैंक लगानी रहने छ। सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर व्याजदरमा प्राप्त गर्नुका साथै विद्युतिय सवारीमा ८० ५ सम्म बैंक फाइनान्स रहने छ।

साथै व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिने बैंकले जनाएको छ।

तीन महिनाको लागि लागुहुने ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने छ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेकोयो बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।