सिटिजन्स बैंकका ग्राहकलाई बिराट मेडिकल सेन्टरमा ५० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई बिराट मेडिकल सेन्टरमा ५० प्रतिशत छुट


काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भोटेपुल, धरान स्थित बिराट मेडिकल सेन्टर प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले बिराट मेडिकल सेन्टरका विभिन्न सेवाहरूमा ५० प्रतिशत सम्मको आकर्षक छुट पाउने भएका छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिंग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम.३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिंग ईकाईहरुबाट १६ लाख ३१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिंग सेवाहरु प्रदान गर्दै आएको बताइएको छ ।