१० कक्षासम्मकै विद्यार्थीलाई खाजा खुवाउँदै काठमाडाैँ महानगर

१० कक्षासम्मकै विद्यार्थीलाई खाजा खुवाउँदै काठमाडाैँ महानगर


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

गत वर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यस वर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार संघीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी १५ रुपैयाँ दिँदै आएकामा महानगरले गत वर्षदेखि १० रुपैयाँ थपेर २५ बनाएको थियो ।

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ थप गरी ३० पुर्‍याएको कोइरालाले बताए । भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ ।