हाइड्रो पावरका आयोजनामा लोकप्रिय बन्दै डब्लु.के.भि.टर्बाइन्स्

हाइड्रो पावरका आयोजनामा लोकप्रिय बन्दै डब्लु.के.भि.टर्बाइन्स्


दार्चुला ।

दार्चुलाको मकरीगाड जलविद्युत आयोजना गत फरवरी २०२३ देखि सफलतापुर्वक सञ्चालनमा आएको छ ।

९०० मिटर ग्रस हेड रहेको यो जलविद्युत आयोजना नेपालमा सञ्चालनमा रहेको आयोजनाहरु मध्ये हालसम्मकै सबैभन्दा उच्च हेड रहेको आयोजना हो । यो आयोजनाको क्षमता २५ मेगावाट छ र इलेक्ट्रो–मेकानिकल उपकरणहरु जर्मनीको एक अग्रणी जलविद्युत उपकरण निर्माण विशेषज्ञ कम्पनी डब्लु.के.भि. बाट आपूर्ति गरिएको हो ।

श्रीलंकाको एलटिएल होल्डिङस् आयोजना विकास साझेदार र लड्ढधनवी लिमिटेड– इपिसी ठेकेदारको रुपमा सामेल हुन पूर्व यो परियोजना प्रारम्भमा नेपालको एक सुस्थापित कम्पनी हाइड्रो भिजनद्धारा विकास गरिएको थियो ।

यो परियोजनाका सिभिल कार्यहरु, खास गरी हेडवक्र्स, पेन्स्टक पाइप र प्रसारण लाईन निर्माण गर्न त्यति सजिलो थिएन । विशेषगरी, कठ्याङग्रिने जाडोयाम र पेन्स्टक कार्यहरु सहित सम्पूर्ण हेडवक्र्सको लागि पहुँच मार्गको अभावले निर्माण साम्राग्रीहरुको ढुवानीलाई कम चुनौतीपूर्ण बनाएको थिएन ।

निर्माण टोलीले प्रत्येक सिमेण्टको बोरा पावरहाउस देखि हेडवक्र्स क्षेत्रमा रोपवे र खच्चडमार्पmत ढुवानी गरेको थियो । उनीहरुले पुरै डोजरलाई पूर्णरुपले पार्टपार्ट खोली हेडवक्र्समा ढुवानी गरी पुन जोडेका पनि थिए । यतिका कठिनाईहरुका वावजुद पनि निर्माण टोलीले साढे २ बर्षमै विश्वका कुनैपनि जलविद्युत आयोजनाहरुसँग प्रतिस्पर्धा गर्न सकिने असाधारणरुपले उच्च गुणस्तरिय आयोजना सम्पन्न गरिएको थियो ।

आयोजनाको अर्को अद्धितीय चुनौती भनेको २७ कि.मि. लामो प्रशारण लाइन थियो । पोलसहित ३३ के.भि.को प्रसारण लाईन निर्माण गरिनु १३२ के.भि.को प्रसारण लाईन (जसको लागि महङ्गो टावरहरुको जरुरत् पर्दथ्यो) भन्दा सजिलो र सस्तो पर्ने विश्लेषणले निस्कर्ष निकालिएको थियो। ३३ के.भि.को लामो प्रसारण लाइनमा विजुली नोक्सानी बढी भएतापनि औसत भन्दा बढी व्यास भएको विशेष खाले तार (कन्डक्टर) को प्रयोगले ३३ के.भि.प्रसारण लाइनको कारण हुने नोक्सानीलाई न्यूनीकरण गर्न मद्धत पुगेको छ ।

उच्च गुणस्तरीय र भरपर्दो उपकरण उपलब्ध गराउने प्रतिष्ठित कम्पनी भएकै कारण उक्त आयोजनाको विद्युतगृहको लागि इलेक्ट्रो–मेकानिकल उपकरणहरु उपलब्ध गराउन डब्लु.के.भि.सँग सम्झौता गरिएको थियो । एकै छानामुनि टर्बाइन र जेनेटरहरु उत्पादन गरी आपूति गर्ने डब्लु.के.भि. जर्मनीको एक मात्र कम्पनी हो र यसले ५ बर्ष लामो वारेण्टी दिदै आएको छ ।

टर्बाइनहरु, जेनेटरहरु, कन्ट्रोल प्रणाली र स्क्याडा प्रणालीसहित सबै उपकरणहरु डब्लु.के.भि.द्धारा जर्मनीमा निर्माण गरिएका हुन् । जसले ग्राहकहरुलाई विद्युत गृहको सञ्चालन र मर्मतसम्भारको सन्दर्भमा अद्धितिय फाइदा र लाभ प्रदान गर्दछ ।

लड्ढधनवीले डब्लु.के.भि.को उपकरणहरु प्रयोग गरेर विगत २० बर्षभन्दा बढी समयदेखि अरु जलविद्युत आयोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । ती आयोजनाहरुले २० बर्ष लामो सञ्चालन अवधिपछि पनि त्यतिकै स्थिर विद्युत उत्पादन गर्न सक्षम रहेको प्रमाणित गरेको छ । यी कुराहरु लाभपूर्ण लगानीको लागि अनुकरणिय उदाहारण हुन् ।

मकरीगाड जलविद्युत आयोजनाले नेपालमा यसको उत्पादन दायराभरी नै डब्लु.के.भि.को उच्चतम विशिष्टता प्रदर्शन गर्ने जनाएको छ । डब्लु.के.भि.ले सन २०२२ देखि सञ्चालनमा रहेको अत्यन्तै न्यून हेड (मात्र ३५ मि) रहेको काबेली बी–वान क्यास्केड १० मेगावाट आयोजनामा २ वटा होरिजेन्टल फ्रेन्सिस् टर्बाइनहरु जडान गरेको छ ।

मकरीगाड जलविद्युत आयोजना काबेली बी–वान क्यास्केडको चरम विपरित हेड रहेको डब्लु.के.भि. को आयोजना हो । यसको हेड ९०० मिटर र दुवै टबाईनको लागि डिजाइन फ्लो मात्र १.३५ घनमिटर प्रतिसेकेन्ड छ ।

नेपाली जलविद्युत बजार ठूलो भएतापनि चुनौतीपूर्ण छ । यद्यपी डब्लु.के.भि. नेपाली नीजि जलविद्युत बजारमा विगत २० बर्षभन्दा लामो समयदेखि अग्रणी भूमिकामा रहदै आएको छ । डब्लु.के.भि.२० बर्ष अघि अरुण भ्याली हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी र अपि पावर कम्पनीका प्रबद्र्धकहरुले निर्माण गरेको पिलुवा खोला जलविद्युत आयोजना ३ मेगावाटबाट नेपाली बजारमा प्रवेश गरेको थियो । यो आयोजना नै नेपाली लगानीकर्ताहरुले लगानी गरेर निर्माण गरेको पहिलो नीजि जलविद्युत आयोजना थियो ।

मकरी गाड वास्तविक विशेषज्ञहरु मिलेर काम गरे उत्कृष्ट नतिजाहरु प्राप्त गर्न सकिने रहेछ भन्ने प्रमाण हो । यद्यपी जलविद्युत व्यवसाय एउटा लगानी व्यवसाय हो र यस व्यवसायको मुनाफा मुख्य रुपमा आयोजनामा प्रयोग गरिने टर्बाइन उपकरणहरुको विश्वसनीयतामा निर्भर रहने हुन्छ, जसले दशकौंसम्म विना झन्झट विजुली उत्पादन गर्न सकोस् । यसैकारण लगानीको उच्चतम नाफा आर्जन गर्न सकेसम्म सर्बोत्तम उपकरणहरु प्रयोग गरिनु पर्दछ ।