किन्ने हाेइन त इन्भेस्टमेन्ट मेगाकाे ३ लाख ७१ हजार कित्ता संस्थापक सेयर ?

किन्ने हाेइन त इन्भेस्टमेन्ट मेगाकाे ३ लाख ७१ हजार कित्ता संस्थापक सेयर ?


काठमाडौँ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबारदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग काठमाडौँमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोकेबमोजिम हुने उल्लेख छ ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।