एनआइसी एसिया बैंकले १०० भन्दा बढी घरजग्गा बिक्री गर्दै, गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान

एनआइसी एसिया बैंकले १०० भन्दा बढी घरजग्गा बिक्री गर्दै, गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान


काठमाडौं ।

एनआइसी एसिया बैंकले देशका विभिन्न स्थानमा रहेका १०३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने जनाएको छ ।

बैंकले शुक्रबार सूचना प्रकाशित गरेर लिलामी सकेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिंग सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, रौतहट, सिराहा, मकवानपुर, काठमाडौंलगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । यसको लागि बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

यसरी गैर बैकिंग सम्पतिहरु बिक्री हुन सकेमा त्यसबाट बैंकको वित्तीय स्वास्थ थप मजबुत बनाउन सहयोग पुग्नेछ ।

बैंकले कर्जा प्रवाह गर्दा समयमा साँवा–ब्याज असुली नभएपछि धितोमा राखेका गैर बैकिंग सम्पतिहरु लिलाम गरेर सकारेको हो । ती सम्पति पुनः बिक्री गर्न पाइन्छ । यसरी बिक्री भएपछि त्यसलाई वासलतमा देखाउन पाइन्छ ।