बाढीले थप क्षति पुर्‍याउन थालेपछि हेलम्बु गाउँपालिकाले माग्यो सहयोग

बाढीले थप क्षति पुर्‍याउन थालेपछि हेलम्बु गाउँपालिकाले माग्यो सहयोग


सिन्धुपाल्चोक ।

मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्‍याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदै आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरे ।

उनले बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसंग सहयोग मागिएको बताए ।

सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि १ करोड पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकालगायतमा रकम पनि उपलब्ध नगराएको प्रति उनले असन्तुष्टि पोखे । हेलम्बु गाउँपालिकाका लागि मात्र तत्कालै ३–४ करोड आवश्यक पर्दछ ।

बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको एउटा भवन बाढीले बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन् ।