तस्विरमा प्रकृति

तस्विरमा प्रकृति


 


ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ साँवा गाउँ नजिकै रहेको फुङ्फुङ्गे झरना ।


सुर्खेतको भेरीगंगा नगरपालिका वडा –५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित स्वामीबास वन क्षेत्रबाट विसं २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको समस्याग्रस्त पोथीबाघ ।

मवानपुर जिल्लाको कलंकीमा रहेको कुलेखानी जलाशय । इन्द्रसरोवरको नामले प्रख्यात कुलेखानी नेपालकै मानव निर्मित पहिलो ताल हो । यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ मा सम्पन्न गरिएको उल्लेख छ ।

तनहुँको व्यास नगरपालिका-१४ स्थित छाब्दी वाराही मन्दिर नजिक रहेको छाङ्गा झरना । प्रचारप्रसार नहुँदा यो झरना ओझेलमा परेको छ ।

तस्विर : रासस