काठमाडौं ।
एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम २.० ‘ योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
कोका–कोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको छ जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।
यस कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन जिल्लाका गरि ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए ।
आवेदकहरू मध्यबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा ८ फाईनलिस्टहरू छनोट गरिएको थियो ।
फाइनलिस्टहरूमा छनोट हुने वृन्दा दिवान – केही क्राफ्ट्स, मेनुका गुरुङ – डुलुवा आउटडोर्स, प्रकृति बस्याल – साउथ एण्ड साउथ ईस्ट प्रोजेक्ट, राशी महर्जन – लर्नर्स रुम, रोजिना बराल – सर्चड् , सरला महर्जन – बायो–इन्जाइम्स, शान्ति राई – ग्रीनस्पेस नेपाल र यजु महर्जन – स्वच्छ महिनावारी रहेका छन् ।
काठमाडौँको माया मनोर बुटिक होटल, हात्तीसारमा आयोजित सक्षम तालिम कार्यक्रम अगस्त १८, २०२३ मा सम्पन्न भएको थियो ।
महिला उद्यमीहरूका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजनाहरू दक्ष प्रोफेशनलहरूको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो ।
जजहरूको प्यानलमा प्रसन्ना बस्नेत, संस्थापक – कटन मिल नेपाल, स्नेह राजभण्डारी, पब्लिक अफेयर्स, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटि डिरेक्टर – कोका–कोला बेभरेज नेपाल र त्रिशाग्नी शाक्य, एग्जेक्युटिव डिरेक्टर – केजीएच ग्रुप रहेका थिए ।
निर्णायकहरूद्वारा गहन मूल्याङ्कन पश्चात् मेनुका गुरुङ– डुलुवा आउटडोर्स, राशी महर्जन– लर्नर्स रुम र सरला महर्जन– सकल नेचुरो मल्टि–पर्पस क्लिनरलाई विजेता घोषित गरिएको थियो र प्रत्येकले एक लाख रुपैयाँको पुरस्कार प्राप्त गरका थिए ।
टप तीन विजेताहरूलाई उनीहरूको इनिशिएटिभहरूलाई अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पु¥याउन समान आर्थिक सहयोग प्रदान गरिएको थियो ।
कोका–कोलाले महिलाको आर्थिक सशक्तिकरणमा लगानी गरेर आफ्नो व्यापार विस्तार गर्नुका साथै महिला र उनीहरूका परिवार तथा समुदायलाई उज्जवल भविष्यका लागि सक्षम पार्दछ ।
प्रतिक्रिया