ढुसी परेको कोकाकोला बेचेको भन्दै काठमाडौं महानगरले तिरायो डेढलाख जरिवाना

ढुसी परेको कोकाकोला बेचेको भन्दै काठमाडौं महानगरले तिरायो डेढलाख जरिवाना


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले ढुसी परेको कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपालालाई डेढलाख जरिवाना तिराएको छ ।

शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले १ लाख ५० हजार रुपैयाँ तिराएको हो ।

उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाले बताए ।

निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको थियो ।

उत्पादन कम्पनीसँग छलफल गर्दा ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।

‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ ।