३ स्थानका आकाशे पुलमा लिफ्ट जडान गर्दै काठमाडौं महानगर

३ स्थानका आकाशे पुलमा लिफ्ट जडान गर्दै काठमाडौं महानगर


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले केहि आकाशे पुलमा लिफ्ट जडान गर्ने भएको छ ।

अपांग तथा वद्धवृद्धामैत्री पुल बनाउने लक्ष्यका साथ महानगरले ३ स्थानका आकाशे पुलमा लिफ्ट जडान गर्ने भएको हो ।

महानगरपालिकाले चाबहिल, नयाँ बानेश्वर र पुरानो बसपार्क अघि (विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको अगाडि) रहेका पुलहरुमा लिफ्ट जडान गर्न लागेको हो ।

ह्विलचियर प्रयोगकर्ता, बृद्धबुद्धा, बालबािलका सबैका लागि आकाशे पुल सहयोग गर्न सहज होस भन्ने लक्ष्यसहित लिफ्टको जडान गर्न लागिएको हो ।

आकाशे पुलमा लिफ्ट जडानका लागि अनुमानित लागत ४ करोड रुपैयाँ रहेको छ । कुल बजेट ५ करोड छुट्याइएकोमा ४ करोड रुपैयाँ लिफ्ट जडानाका लागि र अन्य बाँकी रहेको रकमबाट पुलमा सजावट, सुरक्षालगायतका कुराहरु राखिनेछन् । महानगरको नगर प्रहरीअन्तर्गत बिनियोजन भएको बजेटबाट यो योजनालाई अघि बढाइएको हो ।

खरेलकाअनुसार हाल लिफ्ट जडान गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइरहेको छ