२०२३को सेल्स एक्सिलेन्स अवार्ड नबिल बैंकलाई

२०२३को सेल्स एक्सिलेन्स अवार्ड नबिल बैंकलाई


काठमाडौं ।

नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।

ग्रोथ लिडरसिप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेको बताइएको छ ।

मर्जर एक्विजिसन पश्चातका वर्षमा बैंकहरूमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्थाभन्दा भिन्न हिसाबले नबिल बैंकले आर्थिक वर्ष २०७९–८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको आयोजकको भनाइ छ ।

उक्त कार्यक्रममा नबिल लगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको जनाइएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६५ शाखा र २९८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रूपमा काम गर्दै आएको छ ।