उपत्यकाबाट ४ राउण्ड गोली र पेस्तोलसहित एक जना पक्राउ

उपत्यकाबाट ४ राउण्ड गोली र पेस्तोलसहित एक जना पक्राउ


काठमाडौं ।

उपत्यकाबाट पेस्तोल र गोली सहित एक जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ७ घर भएका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठ रहेका छन् ।

आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरेको छ ।

उनलाई शुक्रबार विशेष सूचनाको आधारमा बुढानिलकण्ठ ४ पासिकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले मेड इन युएसए लेखिएको थान १ पेस्तोल नाईन एम एन को गोली ४ राउण्डसहित , मोवाईल एक थान र तराजु एक थान बराम द गरेको हो।