काठमाडौं ।
टारो मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी ओ ओम मोटोकर्प प्रालिले दशैं, तिहार तथा छठ अफर सार्वजनिक गरेको छ ।
योसँगै टारो फेस्टीभ अफर ल्याउने पहिलो कम्पनी बन्दै इटालियन प्रबिधको मोटरसाइकल तथा स्कुटर कम्पनी टारोले ६० हजार रुपैयाँसम्मको नगद छुटसहितको फेस्टीभ अफर सार्वजनिक गरेको हो ।
यो स्कीममा ग्राहकले टारो मोटरसाइकल तथा स्कुटरमा मोडल अनुसार २० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, ग्राहकले फाइनान्स तथा एक्सचेन्ज सुबिधामा समेत नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।
उपत्यका भित्रका ग्राहकहरुले ५ प्रतिशत ब्याजदरमै १८ महिने किस्ता सुविधामा साथ आफुलाई मन परेको ब्रान्डको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।
सो फाइनान्सिङ अफरलाई सरल तथा सहज बनाउन कम्पनीले उपत्यका भित्रका लागि ‘तपाईंको बजार’ सँग सम्झौता गरेको बताएको छ । हाल कम्पनीले टारो ब्रान्डका भेरिएन्टका मोटरसाइकल र २ भेरिएन्टका स्कुटर विक्री गर्दै आएको छ ।
प्रतिक्रिया