अब उत्पादनमूलक उद्योगले ३ करोड रुपैयाँसम्म कर्जा पाउने

अब उत्पादनमूलक उद्योगले ३ करोड रुपैयाँसम्म कर्जा पाउने


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाको सीमा बढाएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले अब उत्पादनमूलक उद्योगलाई ३ करोड रुपैयाँसम्म कर्जा दिनसक्ने ब्यवस्था गरेको हो ।

यसअघि भने १ करोड रुपैयाँसम्मको मात्रै सीमा रहेको थियो ।

यसैगरी २ करोडसम्म रुपैयाँसम्म कर्जा उपभोग गर्दै आएका उत्पादनमुलक उद्योगलाई पनि सीमा बढाएर ४ करोड पुर्‍याएको छ ।

चालु पुँजी शिर्षकमा व्यवसायीले लिने कर्जाको दुरुपयोग रोक्न राष्ट्र बैंकले २०७९ कात्तिक १ गतेदेखि मागदर्शन लागू गरेको थियो ।

यसको विरोध गर्दै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि गत पुसमा पनि मागदर्शन संसोधन भएको थियो ।