ओरालो लाग्यो सेयर बजार, १ अर्बको पनि भएन कारोबार

ओरालो लाग्यो सेयर बजार, १ अर्बको पनि भएन कारोबार


काठमाडौं ।

मंगलबार सेयर बजार ५.०५ अंकले घटेको छ ।

आज सेयर बजार १९९३.४२ विन्दुमा रोकिएको छ ।

मंगलबार ०.२५ प्रतिशतले बजार घटेको छ ।

मंगलबार २७८ धितोपत्रको २९ हजार ६४० वटा कारोबारबाट ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ ।

जसबाट मात्र ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ । मंगलबार अधिकांश उपसूचक घटेको छ ।

घट्दो बजारमा पनि कुथेली बुखारी स्मल हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड, आशा लघुवित्त, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।

स्वाभिमान लघुवित्त, सामलिङ पावर, एनआईबीएल ग्रोथ फण्ड, अपर सोलु हाइड्रोसहितका धितोपत्रको मूल्य बढी घटेको छ ।