माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने


काठमाडौं ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७०५ नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

योसँगै माछापुच्छ्रे वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

अघिल्लो वर्ष यस बैंकको सेयरधनीलाई कुनै प्रतिफल वितरण गरेको थिएन ।