एभरेष्ट बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने

एभरेष्ट बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने


काठमाडौं ।

एभरेष्ट बैंकका ग्राहकले धुलिखेलको हिमालय दृश्य रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।

बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको छुट पाउने गरी सम्झौता भएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता र कर्मचारी तथा तिनका परिवारका सदस्यले समेत उक्त छुट पाउने बताइएको छ ।