स्राेत नखुलेकाे साढे ४ लाख भारुसहित १ जना पक्राउ

स्राेत नखुलेकाे साढे ४ लाख भारुसहित १ जना पक्राउ


धनगढी । कैलालीबाट ४ लाख ७४ हजार ५०० भारुसहित १ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा भारु र लागुऔषधसहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग सुर्तीको खोलमा १ ग्राम १९० मिलिग्राम लागुऔषध र ४ लाख ७४ हजार ५०० भारतीय रुपैयाँसहित पक्रउ गरेको हो।

उनले पंखाको कार्टुनमा भारतीय मुद्रा राखेका थिए। भारतीय मुद्राको स्राेत नखुलेकाले बरामद गरिएको हो। उनी इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छन्।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले बताएको छ ।