सकियो आइसर मेगा सर्भिस क्याम्प

सकियो आइसर मेगा सर्भिस क्याम्प


काठमाडौँ ।

बतास एमएडब्लूको आयोजनामा आइसर मेगा सर्भिस क्याम्प भव्य रूपमा सम्पन्न भएको छ ।

गत भदौ १७ देखि २९ गतेसम्म सञ्चालित क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको हो । नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २ हजार जनाभन्दा बढी ग्राहकले आफ्ना सवारीको सर्भिसिङ गराएका थिए ।

बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरूलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ । यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्यासित मर्मतको सुविधा पनि आइसरले आफ्ना ग्राहकलाई प्रदान गरेको छ ।

बिदाको समय तथा रात्रिकालीन सेवाका लागि आपतकालीन सेवा चौबिसै घन्टा सञ्चालन हुने र उक्त सेवा लिनका लागि टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरी चौबिसै घन्टा सेवा लिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो ।

बतास एमएडब्लूले सधैँ गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यका रूपमा प्राथमिकता दिएको छ । व्यावसायिक सवारीसाधनहरूका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षा पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो ।