पत्रकार पौडेललाई यातायात पत्रकारिता पुरस्कार

पत्रकार पौडेललाई यातायात पत्रकारिता पुरस्कार


पोखरा ।

कान्तिपुर टेलिभिजनकर्मी ऋषिकान्त पौडेल ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार –२०८०’ बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् । प्रा.लि.को पाँचौँ वार्षिक साधारणसभाको अवसर पारेर आज पोखरामा आयोजित कार्यक्रममा पौडेललाई पुरस्कृत गरिएको हो ।

विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशील पौडेललाई नगद २५ हजार रुपैयाँ, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सडक यातायातसँग सम्बन्धित सूचना एवं सचेतनामूलक समाचारको माध्यमबाट आमजनता र सरोकारवालालाई सु–सूचित गराउन उल्लेख्य योगदान पुर्‍याएकामा महासंघ तथा प्रालिले पौडेललाई पुरस्कृत गरेको जनाइएको छ ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष पौडेलले यसअघि गोल्डेन आई टेलिभिजन, एभिन्युज टेलिभिजन, पोखरा हटलाइन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन, गन्थन डटकमलगायत सञ्चारमाध्यममा आबद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरिसकेका छन् ।

यसैगरी पोखराका पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको स्मृतिमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित हिमदूत पत्रकारिता पुरस्कारबाट पनि पुरस्कृत पौडेल विभिन्न सामाजिक संघ–संस्थाबाट समेत सम्मानित भइसकेका छन् ।

प्रा.लि.ले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारबाट यसअघि पत्रकारहरू दीपेन्द्र श्रेष्ठ, गोविन्द सुवेदी, सन्तोष अधिकारी, अर्जुन गिरी, रञ्जन अधिकारी, यदुनाथ बञ्जरा, कमल पौडेल अथकलगायत सम्मानित भसकेका छन् ।