स्वीट्जरल्याण्डमा बुर्का प्रतिबन्ध, इरानमा हिजाब नलगाए १० बर्ष जेल

स्वीट्जरल्याण्डमा बुर्का प्रतिबन्ध, इरानमा हिजाब नलगाए १० बर्ष जेल


काठमाडौं ।

अब इरानमा महिलाले हिजाब नलगाउने तर टाइट लुगा लगाए भने कारबाही हुने भएको छ ।

हालै इराकी संसदले पारित गरेको बिद्येयकले हिजाब नलगाउने महिलालाई १० बर्षसम्मको जेल सजायँको ब्यवस्था गरेको हो ।

समाचार अनुसार अब इरानी महिलाहरुलाई हिजाब नलगाएमा अब १० वर्ष जेल सजाय हुनेछ। यति मात्र होइन, यी नियम र कानुन अब पुरुषमा पनि लागू हुनेछन् ।

हिजाब बिना महिलालाई सामान बेच्ने पुरुषलाई पनि कडा सजाय हुनेछ। इरानको संसदले सार्वजनिक रूपमा हिजाब लगाउन अस्वीकार गर्ने महिला र उनीहरूलाई समर्थन गर्नेहरूलाई भारी जरिवाना लगाउने विधेयक पारित गरेको हो ।

हिजाबका बारेमा हालै भएको छलफलमा २ सय ९० सदस्यीय इरानी संसदमा १ सय ५२ सांसद कारबाहीको पक्षमा थिए । प्रचलित कानुनको तुलनामा प्रस्तावित कानूनमा सजायको म्याद १० वर्ष पुर्‍याइएको छ । त्यस्तै नियम उल्लंघन गर्नेलाई ३ लाखदेखि ६ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

हिजाबको मजाक बनाउने कुनै पनि मिडिया वा एनजीओलाई पनि जरिवाना र जेल सजाय हुनेछ।

यता स्वीट्जरल्याण्डको संसदले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ ।

समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो ।

स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ । नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।