आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार सुनको भाउ ओरालो लागेको छ।

आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन पनि प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

पछिल्लो ३ दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ भने चाँदी २ दिनदेखि महँगिदै गएको छ।