बेसारमा कनिका मिसाएर पिस्दै गर्दा अनुगमन टोली पुगेपछि…

बेसारमा कनिका मिसाएर पिस्दै गर्दा अनुगमन टोली पुगेपछि…


धरान ।

चामलको कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

अनुगमन टोलीको स्थलगत रिपोर्टको आधारमा प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटटराईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बताए ।

धरान–११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलमा भदौ २ गते अनुगमन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो ।

अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको १३ बोरा बरामद गरी उपमहानगरपालिका लगेको थियो भने ४५ बोरा बेसार मिलमै छोडेको थियो ।

अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिनेछ । त्यसपछि मात्र मिल पुनः सञ्चालनको अनुमति दिइने सापकोटाले बताए।