१६ लाख नक्कली नोटसहित २ जना पक्राउ

१६ लाख नक्कली नोटसहित २ जना पक्राउ


सुनसरी ।

ईटहरी उपमहानगरपालिका–६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका–५ खमारे बस्ने २५ वर्षीय बिवेक राई र अजय राई लाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।