कीर्तिपुर खेल मैदानका लागि २८ करोडको ठेक्का, दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न

कीर्तिपुर खेल मैदानका लागि २८ करोडको ठेक्का, दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न


काठमाडौं ।

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुुर खड्काले क्रिकेट पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाल क्रिकेट संघ क्यानको निर्वाचन साधारण सभालाई सम्बोधन गर्दै उनले नियामक निकाय र अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त नहुने भन्दै पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘तमाम चुनौतीका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिको रक्षा गर्ने र बढोत्तरी गर्ने मात्र होइन । यसका नियामक निकायमा अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त हुँदैन । क्रिकेट पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण समेत बनाउनुपर्छ ।’

उनले कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको जानकारी दिए । थप आर्थिक स्रोत जुटाएर दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्ने गरी सरकारले नीतिगत निर्णय गरेको उनको भनाई छ ।

उनले भने, ‘कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको छ । थप आर्थिक स्रोत जुटाएर दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्ने गरी सरकारले नीतिगत निर्णय गरेको छ ।’