सर्लाहीमा २ समुदायबीच झडप : मधेसी आयोगले पठायो उच्चस्तरीय अनुगमन टोली

सर्लाहीमा २ समुदायबीच झडप : मधेसी आयोगले पठायो उच्चस्तरीय अनुगमन टोली


काठमाडौं ।

मधेसी आयोगले सर्लाहीको मलंगवामा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय अनुगमन टोली पठाएको छ ।

शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा दुई समुदायबीच झडप भएको र त्यसपछि घटनाले उग्र रुप लिएसँगै गम्भीर ध्यानाकर्षण गराउँदै आयोगले घटनास्थलमा अनुगमन टोली पठाएको हो ।

अध्यक्ष डा।विजयकुमार दत्तले यस्ता घटनाहरुप्रति आयोग गम्भीर रहेको बताउँदै दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय(समयमा स्थानीय प्रशासनलाई निर्देशन दिएको बताए । उनले यसबारे संघीय, प्रदेश तथा स्थानीय सरकारलाई सचेत समेत गराइएको बताए ।

आयोगले कानुन विपरित कार्य गर्ने जो(कोही लाई पनि कानुनी दायरा भित्र यथाशिघ्र ल्याउन स्थानीय प्रशासनलाई सचेत गराएको छ । आयोगले सो घटनामा घाइते भएकाहरुको उपचारको लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ । आयोगले अनुगमन टोलीलाई आवश्यक सहयोग गरिदिन समेत सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ ।