होटल संञ्चालक मल्लसहित एक महिला पक्राउ

होटल संञ्चालक मल्लसहित एक महिला पक्राउ


धनगढी ।

कैलालीमा यौनधन्दा गराएको आरोपमा २ जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित एक महिला पक्राउ परेका हुन्।

बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।