१ देखि १९ वडा भित्र खोलानाला अतिक्रमण गरि बनाइएका संरचना हटाउन उपमहानगरको सूचना

१ देखि १९ वडा भित्र खोलानाला अतिक्रमण गरि बनाइएका संरचना हटाउन उपमहानगरको सूचना


धनगढी ।

धनगढी उपमहानगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ।

उपमहानगरपालिकाको १ देखि १९ वडाका क्षेत्रभित्रका प्राकृतिक ताल तथा खोलानाला अतिक्रमण गरि बनाएका भौतिक संरचना असोज महिना भित्र हटाउन नगरपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

खोलानाला अतिक्रमण गरेर बनाएका भौतिक संरचना नहटाएमा तथा अटेरी गरेमा संरचना धनीलाई स्थानीय सरकार संञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत जनाएको छ।