आज शिक्षकहरुले सडकमा सुतेर विरोध जनाउने

आज शिक्षकहरुले सडकमा सुतेर विरोध जनाउने


काठमाडौं ।

सरकारसँग सहमति गरेपनि शिक्षकहरूले आन्दोलन रोकेका छैनन् ।

सम्झौता नमान्ने भन्दै राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित पुनः सडकमा उत्रिएका हुन् ।

शुक्रबार नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सहमतिसँगै शिक्षकहरुको आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो ।

तर राहत शिक्षक संघर्ष समिति र पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष सिमिति (२०७६ पछि) का शिक्षकहरुले महासंघ नेतृत्वको प्रतिनिधि टोलीले सरकारसँग गरेको सहमतिप्रति असन्तुष्टि जनाएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक र शुक्रबार भएको सम्झौताविरुद्ध संयुक्त शिक्षक-कर्मचारीले आज पनि प्रदर्शन जारी राखेका हुन् । प्रदर्शनमा सहभागीहरुले शिक्षक महासंघविरुद्ध नै नाराबाजी गरेका छन् ।

आन्दोलनमा रहेका शिक्षकहरूले आज पनि सडकमा सुतेर विरोध जनाउने भएका छन् ।

आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताए ।

उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।