आजबाट कारोबारमा आयो अप्पर लोहोरे खोला हाइड्रोको आइपिओ

आजबाट कारोबारमा आयो अप्पर लोहोरे खोला हाइड्रोको आइपिओ


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ ।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर आइतबार सूचीकृत भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९७.८७ रुपैयाँदेखि २९३.६१ रुपैयाँसम्म तोकेको छ । अब सोमबार यसको पहिलो कारोबार सुरू भएको छ ।