कोशी प्रदेश सरकार विस्तार आज , को को बन्ने भए मन्त्री ?

कोशी प्रदेश सरकार विस्तार आज , को को बन्ने भए मन्त्री ?


विराटनगर ।

कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा पाँचजना मन्त्री थप्ने तयारी गरेको जनाइएको छ ।

चर्चामा रहेका मन्त्री बन्ने नेताहरूमा मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई छन् । उनीहरु नेकपा एमालेका सभासद हुन् ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।

संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।