एकल महिलाको हत्यामा संलग्न तामाङ पक्राउ

एकल महिलाको हत्यामा संलग्न तामाङ पक्राउ


रामेछाप ।

लिखु तामाकोशी गाउँपालिका–४ कोटगाउँकी एकल महिला ४५ वर्षीया सरिता तामाङको हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सरितालाई भदौ ६ गते बिहान शौचालय अगाडि घोप्टो परेको र टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत फेल पारेकी थिइन् । वर्ष दिनपहिले श्रीमान गुमाएकी सरिताको एक मात्र छोरा दुबई रोजगारमा रहेका बेला उनको हत्या भएको थियो ।

हत्याबारे सुक्ष्म अनुसन्धान जारी राखेको प्रहरीले मृतककी छिमेकी ४३ वर्षीय बीरबहादुर तामाङलाई पक्राउ गरेको हो ।

अभियुक्त तामाङले सरिताको हत्या आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद लिई तामाङमाथि आवश्यक अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।

उनले हत्या गरेपछि सरिताको आँगनमा लडेर मृत्यु भएको विषय बनाउन खोजिएको समेत खुलेको छ । सामान्य झगडामा सरिताको टाउको ढोका ठोक्काएर ज्यान लिएपछि उनले लडेर मरेको देखाउन आँगनमा काठको चिर्कटोमाथि लडाइखेको उनले खुलाएका छन् ।