५.८९ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि डेढ अर्बमा झर्यो

५.८९ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि डेढ अर्बमा झर्यो


काठमाडौं ।

सोमबार सेयर बजार ५.८९ अंकले घटेर २००४.४५ को विन्दु कायम भएको छ ।

नेप्सेमा गिरावट भएपनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक भने बढेका छन् ।

बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.९२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ ।

लगानी उपसूचक सर्वाधिक ०.९५ प्रतिशतले गिरावट हुँदा जीवन बीमा उपसूचक ०.७३ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३५ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार पनि २ अर्ब माथि थियो । तर, सोमबार भने कारोबार रकम डेढ अर्बमा झरेको हो ।

सोमबार ७८ हजार ४२१ वटा कारोबारमा ६५ लाख १६ हजार ६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको हो । जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६९ लाखको कारोबार हुँदा रिलायबल लाइफ इन्स्योरेन्सको ६ करोड ५९ लाख र एनआईसी एशिया बैंकको ४ करोड ६३ लाखको कारोबार भएको हो ।

सोमबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १२९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १० कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये माइखोला हाइड्रोपावर कम्पनकिो सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा एशियन हाइड्रोपावरर मन्दाकीनी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै इस्टन हाइड्रोपावर र हिमालयन लघुवित्तको सेयरमूल्य ९।९७ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ९।९६ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको हो ।