विरामीलाई दिनभरि डुलाएको भन्दै डाक्टरमाथि हातपात

विरामीलाई दिनभरि डुलाएको भन्दै डाक्टरमाथि हातपात


पोखरा ।

मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ ।

विरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त रहेको छ ।

असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् ।

स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।