प्रचण्डको भैँसी कूटनीति : भारतबाट मुर्रा किन्ने, चीनमा मासु बेच्ने

प्रचण्डको भैँसी कूटनीति : भारतबाट मुर्रा किन्ने, चीनमा मासु बेच्ने


काठमाडौँ । 

मंगलबार बिहानैदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्चा एकाएक चुलियो । 

प्रचण्डभन्दा पनि  भ्रमणका क्रममा चीन सरकारसँग आज बिहान भएको एउटा सम्झौताले चर्चा पायाे । चर्चाको कारण हो- नेपालले चीनलाई भैँसीको मासु बेच्ने । 

यस वर्षको सुरुवातदेखि प्रधानमन्त्री प्रचण्डको चर्चा यसरी चुलिएको छ कि मानौँ भैँसी उनलाई फापेको छ । प्रचण्डले भारतबाट एउटा मुर्राको १ करोड भारु मूल्य पर्ने भैँसी ल्याएका यस्ता उपहारलाई जनताले राम्रो दृष्टिले हेर्न चाहेनन् । 

गत जेठ दोस्रो साता औपचारिक भारत भ्रमणमा गएका प्रचण्डलाई भारत सरकारले १५ वटा मुर्रा भैँसी उपहार दिने भएपछि उक्त विषयले ठुलै चर्चा र महत्व पायो । अन्य सम्झाैता पनि भएका थिए, तर त्यही भैँसी उपहार दिने लिने सम्झैताले सदन सम्मै चर्चा भयो हाँसोमजाकको विषय पनि बन्यो । 

त्यो सम्झैताले तताएको बजार राम्रोसँग सेलाउन नपाउँदै आज फेरी प्रचण्ड र भैँसीको चर्चा थपिएको छ । आज नेपालबाट भैँसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन र नेपाल सहमत भएका छन् । 

मंगलबार बिहान सार्वजनिक संयुक्त वक्तव्यमा नेपालबाट भैँसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिने र यसबाट नेपाल र चीन बीचको व्यापार घाटा न्यूनीकरण हुने अपेक्षा गरिएको उल्लेख छ ।

संयुक्त वक्तव्यमा चिनियाँ पक्ष नेपाली उत्पादनलाई चीन निर्यातमा सहजीकरण गर्न तयार भएको उल्लेख छ । हाल नेपालबाट चीनमा घाँस निर्यात हुँदै आएको छ ।

सामाजिक सञ्जालमा धेरैले यसलाई रमाइलोका रूपमा लिएका छन् । कतिले  भारतबाट मुर्रा भैँसी ल्याउने अनि मासु चीन पठाउने क्रान्तिकारी नेताको छलाङ भनेका छन् भने कतिले दक्षिणबाट मुर्रा आयो उत्तरतिर भैँसीको मासु भनेका छन् । केहीले त डाइनामिक प्रचण्ड, भारतबाट ल्याएर चीनमा बेच्दिने, त्यत्तिकै बिचौलिया भनेको हाेइन रहेछन् भन्नसम्म भ्याए । केहीले प्रचण्ड भैँसी व्यापारी भएसम्म भनेका छन् । 

यी दुवै सम्झौता हेर्ने हो भने कृषिप्रधान देशका प्रधानमन्त्री अन्य देशमा गएर कृषि उपज उपहार माग्नु या पाउनु नौलो कुरा त हाेइन, तर जनताले त्यो उनको विचारलाई प्रष्ट बुझ्न चाहेनन् । 

हाँसीमजाकको विषय बने पनि कृषिप्रधान नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार पनि अत्यावश्यक छ र नेपालमा उत्पादित मासु चीन निर्यात गर्नु पनि आवश्यक छ । 

चीनमा नेपालबाट राँगा र भैँसीको मासु घुमाउरो बाटो हुँदै पुग्ने गरेको छ । भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन ।

अन्य मुलुकको तुलनामा नेपालबाट उत्पादित मासु सस्तो पर्ने भएकाले नेपालले राँगा र भैँसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायी हुँदै बताउँछन् ।

उसोत प्रधानमन्त्रीले चीनमा अन्य ठूला ठूला आयोजनामा सम्झौता पनि गरेका छन् छन् । केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माण गर्ने, हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने, कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने र सन् १९८१ मा भएको चीन–नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएका छन् ।

तर, कृषिमा प्रचण्डले देखाएको चासोलाई भने जनताले पत्याएनन् । थोरैले मात्र यस विषयलाई सकारात्मक रूपमा हेरेका छन् ।