नरेन्द्र मोदीले एकैपटक ५१ हजार जनालाई दिए नियुक्ति

नरेन्द्र मोदीले एकैपटक ५१ हजार जनालाई दिए नियुक्ति


काठमाडौं ।

प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सरकारी विभागमा ५१ हजारभन्दा बढीलाई नियुक्ति दिएका छन् ।

ती कर्मचारीलाई नियुक्तिपत्र बाँडेलगतै उनले रोजगार मेलालाई सम्बोधन गर्दै सुशासन र प्रविधिलाई प्रयोग गर्ने बताए ।

प्रधानमन्त्री मोदीले नवनियुक्त कर्मचारीहरूलाई सरकारी योजनामा प्रविधिको प्रयोगले भ्रष्टाचार र जटिलतालाई न्यूनीकरण गरी विश्वसनीयता र सहजता बढ्ने विश्वास व्यक्त गरे ।

देशका ४६ स्थानमा रोजगार मेला आयोजना गरिएको छ । यसमा हुलाक, आणविक ऊर्जा, राजस्व, उच्च शिक्षा र रक्षा विभागलगायत विभिन्न मन्त्रालय र विभागहरूबाट चयन गरिएका छन् ।

उनले नयाँ भारतको सपना ठूलो रहेको र अन्तरिक्षदेखि खेलकुदसम्म केटीहरूको उपस्थिति बढिरहेको बताए । अहिले उनीहरूलाई सशस्त्र बलमा भर्ती गर्ने तयारी भइरहेको उनले सुनाए ।

प्रधानमन्त्री मोदाीले नवनियुक्त कर्मचारीहरूलाई ‘नागरिक–पहिले’को भावनामा काम गर्न सुझाव दिए । उनले सुशासन सुधारका लागि प्रविधिको अधिकतम उपयोग गर्न युवाहरूलाई आग्रह गरे । प्रधानमन्त्री मोदीले हालै संसद्बाट पारित भएको महिला आरक्षण विधेयकले देशको ५० प्रतिशत जनतालाई ठूलो हौसला मिलेको दाबी गरे ।