एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ


उदयपुर ।

त्रियुगा नगरपालिका–५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।