खसी खान २ लाख मागेका राउटेले पाए २५ हजार

खसी खान २ लाख मागेका राउटेले पाए २५ हजार


दाङ ।

लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ ।

मंगलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च वापत २५ हजार उपलब्ध गराएका हुन्। सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केहीदिनदेखि उनीहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गइ दशैँ खर्च माग्दै आएका थिए ।

राउटेहरुका ८६ घर जनता रहेका छन् , उनीहरुले खसी खान सरकारले २ लाख दिनु पर्छ भनेर माग गरेका थिए ।