५० लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद

५० लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद


हुम्ला ।

नेपाल प्रहरीले ५० लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद गरेको छ ।

हिल्सा नाका सञ्चालनमा आएसँगै चीनको ताक्लाकोटबाट भित्रिएको चिनियाँ मदिरा हिल्सा र जिल्लाका अन्य भागबाट लुकिछिपी ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेका प्रहरीले नियन्त्रणमा लिएको हो ।

एक महिनाको अवधिमा ५० लाख ४० हजार बराबरको मदिरा बरामद गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

प्रहरीले ३५० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो ।

कोरोना अवधिमा हिल्सा नाका बन्द हुँदा चिनियाँ मदिरा जिल्लामा भित्रिन बन्द भएको थियो । गत वैशाख १८ गते चीनले हिल्सा नाका दुईतर्फी सञ्चालनमा ल्याउँदा चिनियाँ मदिरा भित्रिन थालेको हो ।