मुगु ।
जिल्ला सदरमुकाम गमगढी बजारमा रहेका अधिकांश पसलहरु कानुनविपरीत सञ्चालन भएको पाइएको छ ।
खाद्यान्न, खुद्रा, फेन्सी इलेक्टोनिक, सिलाईकटाई, मोबाइल, तरकारी, होटल, मदिरा, डिजेल, पेट्रोल, मासु पसल पसलहरुका अनुगमन गर्दा यस्तो पाइएको हो ।
जनगुनासो आएपछि मंगलबार जिल्ला संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको थियो । त्यस क्रममा अवैध रुपमा डिजेल ग्यास र पेट्रोल बिक्री गर्ने २ पसलमा अनुगमन टोलीले तालाबन्दी गरेको हो । टोलीले अखाद्य बस्तु बरामद समेत गरेको छ ।
गमगढी बजारमा रहेको सम्झना जनरल स्टोर एण्ड सप्लायर्स फर्ममा डिजेल र पेटोलको २–३ बर्षदेखि अबैध रुपमा कारोबार गरेको देखिएको र मनिसा पेट्रोल निगम फर्ममा बिक्री बितरणको लागि अनुमति नलिई कारोवार गरेको देखिएपछि तालाबन्दी गरिएको हो ।
अवैध रुपमा गरिने कारोबार नियन्त्रण हुनुपर्ने र सम्बन्धितलाई कारवाही हुनु पर्ने नागरिक समाज मुगुका अध्क्षय रुप बहादुर मल्लले बताए ।
सरोकारवाला निकायमा व्यवसाय अनिवार्य रुपमा दर्ता हुनुपर्ने र यसका लागि व्यवसायीलाई जनचेतना दिर्ने काम उद्योग वाणिज्य संघबाट भइरहेको भए पनि कतिपयले अटेर गर्दै व्यवसाय सञ्चालन गरेको पाइएको उद्योग वाणिज्य संघ मुगुका प्रथम रत्नसिंह मल्लले बताए ।
अवैध कारोबार गर्ने पसलहरुलार्य कानुनअनुसार कारबाही गरिने अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र अोखडाले बताए ।
प्रतिक्रिया