नगरपालिकाले अनुदानमा हिउँदे घाँसको बीउ दिदै, कसरी लिने ?

नगरपालिकाले अनुदानमा हिउँदे घाँसको बीउ दिदै, कसरी लिने ?


तनहुँ ।

शुक्लागण्डकी नगरपालिकाले अनुदानमा हिउँदे घाँस (जै) को बीउ वितरण गर्ने भएको छ ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा हिउँदे घाँस को बीउ वितरण गर्ने जनाएको हो ।

नगरपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ हरियो घाँस विस्तार कार्यक्रम सञ्चालनको लागि ५० प्रतिशत अनुदानमा हिउँदे घाँस जैको बीउ वितरण गरिने भएको जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आवश्यक कागजातसहित नगरपालिकाको पशु विकास शाखा र सेवा केन्द्रमा आवेदन दिन सकिने जनाएको छ ।