असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने, कहाँ जाने साट्न ?

असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने, कहाँ जाने साट्न ?


काठमाडौं ।

दशैंका लागि असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।

राष्ट्र बैंकका अनुसार असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्न लागिएको हो ।

५, १०, २०, ५० १०० रुपैयाँ दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने छ ।

उपत्यकासहित देशका ७ वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध हुने छन् ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सबै सटही काउन्टरहरूमा क्युआरमार्फत नयाँ नोट साट्न पाइने छ ।

मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएकाे छ ।