अब विदेशमा बस्नेलाई पनि गरिमाको मोबाइल बैंकिङ सुविधा

अब विदेशमा बस्नेलाई पनि गरिमाको मोबाइल बैंकिङ सुविधा


काठमाडौँ ।

गरिमा विकास बैंकका ग्राहकहरूले विदेशबाट पनि मोबाइल बैंकिङ सुविधा लिन पाउने भएका छन् ।

रोजगारी, अध्ययन एवं विभिन्न कामको सिलसिलामा विदेशमा रहेका ग्राहकले पनि मोबाइल बैंकिङको सुविधा लिन पाउने गरी मोबाइल बैंकिङ सेवा स्तरोन्नति गरेको बैंकले जनाएको छ ।

‘नेपालीहरू विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै, कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्नसमेत असहज परिस्थिति रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरूको पहुँच हुने गरी मोबाइल बैंकिङ सेवालाई स्तरोन्नति गरेको छ,’ बैंकले भनेको छ ।

अब विदेशमा बसी गरिमाको मोबाइल बैंकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोकेबमोजिमका कागजातहरू पूरा गरी सेवा लिन सक्नेछन् । साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजी बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी वेब बैंकिङ पनि सजिलै चलाउन सक्नेछन् ।

बैंकले कहिले पनि फोन गरेर वा अन्य माध्यमबाट आफ्ना ग्राहकको बैंकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपी नमाग्ने भएकाले फोन वा म्यासेजको भरमा आफ्नो व्यक्तिगत बैंकिङ विवरण नदिन पनि बैंकले सचेत गराएको छ ।